जेठ ०४, २०८१, शुक्रबार
               

फेसबुकले हटायो अमेरिकी राष्ट्रपति ट्रम्पको पोस्ट

नेपाल फ्ल्यास
साउन २२, २०७७

ADVERTISEMENT

एजेन्सी । फेसबुकले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको एउटा पोस्ट डिलिट गरेको छ । विश्वभर फैलिएको कोरोना भाइरसको विषयमा राष्ट्रपति ट्रम्पको पोस्ट फेसबुकले पहिलो पटक हटाएको हो ।

उक्त कम्पनीका अनुसार राष्ट्रपति ट्रम्पको पोस्टले गलत सूचना साझा गरेको र नियमको उल्लंघन गरिरहेको थियो । ट्रम्पको पोस्टका साथै फक्स न्यूजलाई दिएको ट्रम्पको अन्तरवार्ताको एउटा भिडियो क्लिप थियो । ट्रम्पले उक्त भिडियोमा बालबालिका कोभिड–१९ बाट लगभग प्रतिरोधी भएको बताएका छन् ।

फेसबुकका प्रवक्ताले भने, ‘यो भिडियोमा कोभिड–१९ को विषयमा गलत दाबी गरिएको छ र यो हाम्रो नीतिको उल्लंघन हो । हामी कोरोनाभाइरसको संक्रमणको विषयमा गलत सूचना फैलाउने विरुद्ध छौं ।’ – बीबीसी


कस्तो लाग्यो ?

यो पनि