जेठ ०५, २०८१, शनिबार
               

लद्दाखमा चीनले १७ हजार सैनिक खटायो

नेपाल फ्ल्यास
साउन २०, २०७७

ADVERTISEMENT

चीनले भारतसँगको सीमाक्षेत्र लद्दाखमा १७ हजार सैनिक तैनाथ गरेको छ । जमिनी र वायु युद्धमा लामो दूरीसम्म मार हान्नसक्ने अत्याधुनिक क्षेप्यास्त्र र ट्यांकसहित चीनले लद्दाखमा सैन्य उपस्थिति बढाएको हो । 

लद्दाखको गलवान उपत्यकामा असार १ राति भएको झडपमा भारतका २० सैनिकको मृत्यु भएको थियो । दर्जनौँ सैनिकलाई गम्भीर घाइते अवस्थामा अस्पताल ल्याए पनि त्यसयता सैनिक हताहति भए/नभएकोबारे भारतले थप जानकारी गोप्य राखेको छ ।

चीनले भने अहिलेसम्म आफ्नोतर्फ भएको सैन्य हताहतिबारे कुनै जानकारी दिएको छैन । चिनियाँ सैनिकसँगको झडपमा आफ्नोतर्फ क्षति भएपछि भारतले चीनसँग वार्ता थालेको थियो । वार्तामा संलग्न भारतीय अधिकारीहरुले तत्कालका लागि सीमा विवाद हल गरेको जनाए पनि चीनले लद्दाखमा युद्धस्तरको तयारी गरिरहेको छ ।

भारतले पनि टी–९० ट्यांक खटाएको छ ।  बिबिसी हिन्दीका अनुसार गत आइतबार पनि भारत र चीनका सैनिक कमाण्डरबीच वार्ता भएको थियो, तर सीमा क्षेत्रमा तनाव झनै बढिरहेको छ ।  

भारतीय अखबारहरुले नै लद्दाख सीमामा चीनले १७ हजार सैनिक परिचालन गरेको जनाएका छन् । देपसाङ र ओल्डीमा यी सैनिक खटाएको खबर सरकारी सूत्रहरुलाई उद्धृत गर्दै भारतीय मिडियाहरुले सार्वजनिक गरेका हुन् ।


कस्तो लाग्यो ?

यो पनि