मंसिर ०७, २०८१, शुक्रबार
               

अमेरिकाले टिकटक प्रतिबन्ध लगाउँदै

एजेन्सी
साउन १७, २०७७

ADVERTISEMENT

अमेरिकाले चिनियाँ मोबाइल एप टिकटकमा प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार पत्रकारसँग बताएअनुसार यसबारे उनले सम्भवतः आज शनिबार उक्त आदेशमा हस्ताक्षर गर्नेछन् ।

ट्रम्पले फ्लोरिडा भ्रमणबाट फर्किने क्रममा पत्रकारसँग भने, ‘जहाँसम्म टिकटिकको प्रश्न छ, हामी त्यसलाई अमेरिकामा प्रतिबन्ध लगाउँदै छौं ।’

यसका लागि आफूले आपतकालीन आर्थिक अधिकार एवं कार्यकारी आदेश लागू गर्ने विचार गरिरहेको उनले बताए । 

ट्रम्पले भने, ‘मलाई यसको अधिकार छ, म यसबारे शनिबार हस्ताक्षर गर्दैछु।’ 

-बीबीसी


कस्तो लाग्यो ?

यो पनि