जेठ ०६, २०८१, आइतबार
               

इदको अवसरमा पाँच सय तालिवानी जेलमुक्त

नेपाल फ्ल्यास
साउन १६, २०७७

ADVERTISEMENT

अफगानिस्थान राष्ट्रपति अस्रफ घानीले शुक्रबार पाँच सय तालिवानी जेलमुक्त गर्न आदेश दिइका छ ।  इदको अवसरमा तीनदिने नयाँ युद्धविराम सुरु भएसँगै राष्ट्रपतिले यस्तो आदेश दिएका हुन् । 

संयुक्तराज्य अमेरिकासँग गत फेब्रुअरीमा तालिवान समूहले गरेको सम्झौतामा उल्लेखित सबै पाँच हजार तालिवानी पछिल्लो पटक गरिएको रिहाइसँगै मुक्त भएका राष्ट्रपति घानीले जानकारी दिए ।

इदका अवसरमा दिएको मन्तव्यमा राष्ट्रपति घानीले भने , ‘सद्भाव प्रस्तुत गर्न र शान्ति वार्तालाई गति दिन हामी बाँकी ५०० तालिवानी लडाकुलाई इदको अवसरमा रिहा गर्दैछौँ ।’

अफगान सरकारले यसअघि नै चार हजार ६०० जना बन्दीलाई रिहाइ गरिसकेको छ । तर ४०० जना निकै खतरनाक ठानिएका लडाकुहरुलाई मुक्त गर्न काबुल सरकार हिच्किचाइरहेको छ । तालिवान समूहले भने पछिल्लो पटक रिहाइ हुन लागेका लडाकुहरु पहिलो सूचीमा नाम नभएका व्यक्ति रहेको बताइएको छ । 

राष्ट्रपति घानीले गम्भीर अपराधको दोष लागेका ४०० तालिवानी लडाकुलाई रिहाइको निर्णय गर्ने अधिकार आफूसँग पनि नरहेको बताए । अफगानी ज्येष्ठ एवं प्रबुद्ध समूहको भेलाले मात्र उनीहरुको भाग्यको फैसला गर्न सक्ने राष्ट्रपतिले बताए ।

राष्ट्रपतिको उक्त भनाइप्रति तालिवानले कुनै टिप्पणी गरेको छैन । 

फेब्रुअरीमा अमेरिका–तालिबानबीच भएको एक सम्झौतामा अफगान जेलमा बन्दी पाँच हजार तालिबान लडाकु एवं विद्रोहीको कब्जामा रहेका एक हजार सरकारी सैनिक मुक्त गर्ने उल्लेख थियो ।

गएको बिहीबार तालिवानले आफ्नो कब्जामा रहेका सबै एक हजार सरकारी फौजलाई रिहाई गरिसकेको बताएका छन् । युद्धबन्दीहरुको आदानप्रदान नै शान्ति वार्ताका लागि पूर्वसर्तका रुपमा रहेको थियो ।

घानी र तालिवानले यसै साता इदलगत्तै वार्ता शुरु गर्ने संकेत दिएका छन् ।


कस्तो लाग्यो ?

यो पनि