जेठ ०४, २०८१, शुक्रबार
               

अमेरिकी राष्ट्रपतीय निर्वाचन पछि सार्न ट्रम्पको आग्रह

नेपाल फ्ल्यास
साउन १५, २०७७

ADVERTISEMENT

सन् २०२० को अमेरिकी राष्ट्रपतीय निर्वाचन पछि सार्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार सुझाब दिनुभएको छ ।

अमेरिकी राष्ट्रपतीय निर्वाचनका लागि पछिल्ला दिनहरूमा भएका सर्भेक्षणमा ट्रम्पको अवस्था कमजोर देखिँदै गएका समय महामारीको कारण देखाउँदै उहाँले यस्तो अवस्थामा मतदानको परिणाम पनि सही आउन नसक्ने धारणा राख्नुभएको छ ।

“जबसम्म नागरिकले सही तथा सुरक्षितरूपमा मतदान गर्न सक्दैनन् त्यतिन्जेल निर्वाचनलाई पछि सारियोस्” अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट्मार्फत आग्रह गरे । 

सन्देशमा भनिएको छ, “निर्वाचनमा मेलमार्फत गरिने मतदान प्रक्रिया सन् २०२० का अमेरिकी इतिहासमा अत्यन्त ‘गलत र भ्रामक’ हुनेछ । यो संयुक्त राज्य अमेरिकाका लागि ठूलो अप्ठ्यारोको विषय हुनेछ ।”


कस्तो लाग्यो ?

यो पनि