जेठ ०५, २०८१, शनिबार
               

इरानको मिसाइल प्रहारले अमेरिकी डमी युुद्धपोत समुद्रमा ध्वस्त

नेपाल फ्ल्यास
साउन १४, २०७७

ADVERTISEMENT

तेहरान । इरानले मिसाइल दागेर अमेरिकी डमी युद्धपोतलाई ध्वस्त पारिदिएको छ । रणनीतिक रुपले निकै महत्वपूर्ण मानिने स्ट्रेट अफ हर्मिजमा रहेको अमेरिकी डमी युद्धपोतमा इरानले मिसाइल दागेको हो ।

स्ट्रेट अफ हरमिजले इरानक र ओमानको खाडी क्षेत्रलाई जोड्छ। खाडी क्षेत्रमा तेहरान र वासिङ्गगनबीच तनाव बढिरहेका बेला इरानले अमेरिकी डमी युद्धपोतमा मिसाइल दागेको हो। इरानको सरकारी टेलिभिजनका अनुसार यो अभ्यासको नाम पैगम्बर मोहम्मद–१४ राखिएको थियो ।

हर्मुजमा रहेको सो डमी खाडी क्षेत्रम अमेरिकाले तैनाथ गरेको युद्धपोतको हुबहु रहेको र त्यसमा लडाकु जहाजका डमी समेत राखिएको बीबीसीले जनाएको छ। इरानले यस युद्धपोतमा अलग–अलग कोणबाट मिसाइल हानेको थियो । साथै, हेलिकोप्टरबाट समेत मिसाइल हानिएको उल्लेख छ ।

इरानले यो अभ्यासका क्रममा ब्यालेष्टिक क्षेप्यास्त्र समेत प्रयोग गरेका कारण युएई र कतारमा रहेका अमेरिकी युनिटमा अलर्ट जारी गरिएको अमेरिकी सेनाले जनाएको छ ।  इरानको रिभोल्युस्नरी गार्डका कमाण्डर मेजर जनरल हुसेन सालामीले पछिल्लो मिसाइल अभ्यासलाई मुलुकको वायुसेना र नौसैनकि आक्रामक क्षमता आंकलन भनेका छन् ।  

इरानले गरेको मिसाइल अभ्यासका क्रममा लागेको आगोको लप्काका कारण अमेरिकाले खाडी क्षेत्रमा रहेका दुईवटा क्षेत्रीय सैन्य आधार शिविरमा सतर्कताको चेतावनी नै जारी गरेको थियो । अमेरिकी नौसेनाले इरानद्वारा गरिएको यस अभ्यासलाई जिम्मेवारीहिन र लापरबाही भएको बताएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि