बैशाख २२, २०८१, शनिबार
               

आणविक हतियार छ देशले युद्ध लड्नु पर्दैन : किम जोङ

एजेन्सी
साउन १३, २०७७

ADVERTISEMENT

एजेन्सी । उत्तर कोरियाका नेता किम जोङले आणविक हतियारहरूबाट सुरक्षाको प्रत्याभूति भएकाले देशले युद्ध लड्नै नपर्ने बताएका छन् । 

'हाम्रो आणविक हतियार भरपर्दो र प्रभावकारी आत्मरक्षाको साधन हो । यसले गर्दा पृथ्वीमा कहिले पनि युद्ध गर्नुपर्दैन अनि हाम्रो देशको रक्षा र भविष्य सधैंका लागि सुरक्षित छ’ किमले भने

कोरियाली युद्धलाई अन्त्य गर्ने युद्धविरामको ६७औं वर्षगाँठका अवसरमा किमले आफूहरूको आणविक हतियारले साम्राज्यवादीहरू तथा शत्रुहरूबाट आउन सक्ने सबै किसिमका उच्च दबाब र सैन्य जोखिमबाट प्रतिरक्षा गर्न समर्थ बनाएको बताए । 

उत्तर कोरियाले वर्षौंदेखि आफ्ना आणविक हतियारहरू प्रतिरक्षात्मक उद्देश्यका लागि मात्र राखिएको र देशको अतिक्रमण वा सत्तापरिवर्तनका प्रयासलाई रोक्ने उद्देश्य रहेको बताउँदै आएको छ । तर विज्ञहरूका अनुसार, आणविक हतियारले किमलाई थप शत्रुतापूर्ण तथा आक्रामक गतिविधि गर्न छुट दिएको छ । 

उत्तर कोरियाले आणविक हतियार तथा ब्यालिस्टिक क्षेप्यास्त्र बनाउनका लागि प्रयास गर्नुका पछाडि जेसुकै कारण भए पनि किमले गरेको टिप्पणीबाट के स्पष्ट हुन्छ भने उत्तरले आफ्नो अस्तित्वका लागि महत्त्वपूर्ण रहेको आणविक हतियारलाई कुनै पनि हालतमा त्याग्ने छैन । 

यो पनि