जेठ ०५, २०८१, शनिबार
               

विमान दुर्घटनामा तीन जनाको मृत्यु

नेपाल फ्ल्यास
साउन ११, २०७७

ADVERTISEMENT

संयुक्तराज्य अमेरिकाको पश्चिमी उटाह राज्यको वेस्ट जोर्डानमा सानो विमान शनिबार दुर्घटना हुँदा विमानमा सवार तीन जनाको मृत्यु भएको छ । विमानमा तीन बालबच्चा सहित कूल छ जना सवार रहेको प्रहरीले जनाएको छ ।
 
वेस्ट जोर्डान प्रहरी विभागका अनुसार एक–इन्जिनयुक्त उक्त विमान वेस्ट जोर्डानको पछिल्तिर आवाशीय क्षेत्रमा खसेको थियो । 

विमान खसेको एक घरकी महिला पनि घाइते भएकी र उनको स्वास्थ्य अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

अमेरिकी संघीय नागरिक उड्डयन प्रशासनले उक्त घटनाको छानबिन थालेको छ । 


कस्तो लाग्यो ?

यो पनि