मंसिर ०१, २०८१, शनिबार
               

जया बच्चनले किन दिइन् उजुरी ?

एजेन्सी
साउन ११, २०७७

ADVERTISEMENT


एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चनसहित उनको परिवारका ४ सदस्य अस्पतालमा उपचाररत छन् ।

केही दिनअघि उनीहरुलाई कोरोना संक्रमण पुष्टि भएको थियो । बच्चन परिवार मुम्बईस्थित नानावती अस्पतालमा उपचाररत छन् । 

यसैबीच अमिताभकी पत्नी जया बच्चनले मुम्बई प्रहरीमा उजुरी दिएकी छन् । उनले बाइकर्स ग्रुपले आफूलाई दुःख दिएको भन्दै प्रहरीमा उजुरी दिएकी हुन् । 
 
उनका अनुसार रातको समयमा बाइकर्सले जयाको घर भएको इलाकामा रेसिङ् प्रतिस्पर्धा गरेर होहल्ला गर्ने गर्छन् । 

दिनदिनै होहल्ला गरेर दुःख दिन थालेपछि जयाले बाध्य भएर प्रहरीमा फोनमार्फत मौखिक उजुरी दिएकी हुन् । 

जयाले उजुरी दिए लगत्तै प्रहरीले फरार बाइकर्सको खोजी सुरु गरेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

प्रहरीले सीसीटिभी फुटेजबाट बाइकको नम्बर ट्रेस गरी खोजी गरिरहेको बताइएको छ । 


कस्तो लाग्यो ?

यो पनि