जेठ ०६, २०८१, आइतबार
               

रिपब्लिकन पार्टीको अगस्टमा हुने सम्मेलन ट्रम्पद्वारा रद्द

एजेन्सी
साउन ०९, २०७७

ADVERTISEMENT

कोरोना भाइरस महामारीको कारण भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा हुने रिपब्लिकन पार्टीको सम्मेलन रद्द गरेका छन् ।

अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४० लाख नाघेका बेला ट्रम्पले रिपब्लिकन सम्मेलन रद्द गरेका हुन् । उनले भनेका छन्, ‘यो उपयुक्त समय होइन पार्टी सम्मेलनका लागि ।’ तर उनले फरक स्वरुपमा सम्बोधन भने गर्ने बताएका छन् ।

केही रिपब्लिकन डेलिगेट्स भने पुरानो सम्मेलन स्थल नर्थ क्यारोलाइनाको चार्लोटमा भेला हुने छन् । नर्थ क्यारोलाइनाले सामाजिक दूरीका नियम लागु गरेकाले ट्रम्पले सम्मेलनका केही भाग फ्लोरिडामा गर्ने घोषणा गरेका थिए ।

आउँदो अगस्ट २४ मा हुने आधा दिनको कार्यक्रममा रिपब्लिकन पार्टीले ट्रम्पलाई नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि आफ्नो उम्मेदवार बनाउने औपचारिक घोषणा गर्ने छ ।

चार रात चल्ने सम्मेलन रद्द गर्नुको मुख्य उद्देश्य नै सुरक्षा रहेको ट्रम्पले बिहीबार ह्वाइट हाउस कोरोना भाइरस ब्रिफिङ्गको क्रममा बताएका छन् ।


कस्तो लाग्यो ?

यो पनि