जेठ ०६, २०८१, आइतबार
               

साउदीका राजाले गरे अस्पतालबाटै मन्त्रिपरिषदको अध्यक्षता

नेपाल फ्ल्यास
साउन ०७, २०७७

ADVERTISEMENT

बिरामी भएर अस्पतालमा भर्ना भएका साउदी अरेबियाका राजा सल्मानले  अस्पतालबाटै भर्चुअल माध्यमबाट मन्त्रिपरिषदको अध्यक्षता गरेका छन् ।

साउदी प्रेस एजेन्सी (एसपिए) का अनुसार साउदी राजा पित्तथैली सुन्निएपछि उनी गत सोमबार किङ फैजल विशिष्टीकृत अस्पतालमा भर्ना भएका थिए ।

राजा सल्मानका लागि अस्पतालमा विशेषकक्षको व्यवस्था गरिएको छ जहाँ भर्चुअल बैठकका लागि आवश्यक विद्युतीय सामग्रीहरुको प्रबन्ध गरिएको छ ।

राजा सल्मानले आफ्नो स्वास्थ्यप्रति सद्भाव दर्शाउने सबैप्रति आभार प्रकट गरे भएको पनि एसपिएले जनाएको छ ।

मन्त्रिपरिषद् बैठकमा मक्कामा हुने आगामी हज तीर्थयात्राको व्यवस्थापनका बारेमा छलफल भएको थियो । कोरोनाभाइरस महामारीका कारण यस वर्ष हज तीर्थयात्रामा सहभागी हुनेहरुको संख्यामा व्यापक कटौती गरिएको छ ।

साउदी अधिकारीहरुले साउदी अरेबिया निवासी करिब एक हजार व्यक्तिलाई मात्र मक्का प्रवेशको अनुमति दिइने यसअघि प्रस्ताव गरेका थिए ।

तर, हाल यसमा संशोधन गरी करिब १० हजारलाई हजको अनुमति दिइन लागेको साउदी संचार माध्यमहरुले जनाएका छन् ।

विगतमा विश्वभरबाट हरेक वर्ष करिब २५ लाख व्यक्तिले मक्कामा हज गर्ने गरेका थिए ।

यो पनि