जेठ ०५, २०८१, शनिबार
               

अलास्कामा शक्तिशाली भूकम्प

नेपाल फ्ल्यास
साउन ०७, २०७७

ADVERTISEMENT

संयुक्तराज्य अमेरिकाको अलास्कालाई केन्द्रविन्दु बनाएर ७.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । 

अमेरिकी भूगर्भ सर्भेका अनुसार उक्त भूकम्प अलास्काको दक्षिणी भेगमा स्थानीय समय अनुसार अपराह्न २.१२ बजे आएको थियो । भूकम्प जमिनको सतहबाट करिब १० किलोमिटर गहिराईमा आएको थियो ।

उक्त भूकम्पका कारण कुनै जनधनकाे क्षति भएकाे बारेमा विवरण प्राप्त भइसकेकाे छैन ।

भूगर्भ केन्द्रले भूकम्पको गएको क्षेत्रको आसपास सुनामीको खतरा रहेको जनाएको छ । भूकम्पको धक्का सयौं माइल टाढासम्म अनुभव गरिएको थियो । 

अलास्का भूकम्पीय जोखिमयुक्त क्षेत्र हो ।


कस्तो लाग्यो ?

यो पनि