जेठ ०६, २०८१, आइतबार
               

ट्रम्पले अमेरिकाको बारेमा सोच्नै छाडे : जो बाइडेन

नेपाल फ्ल्यास
साउन ०७, २०७७

ADVERTISEMENT

अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको बारेमा सोच्नै छाडेको बताएका छन् ।

एक चुनावी कार्यक्रममा भर्चुअल सम्बोधन गर्दै उनले ट्रम्प अमेरिकामा कोरोना भाइरसको संक्रमण रोक्न असफल भएको र हरेक दिन संक्रमितको संख्या बढ्दै गएको भन्दै भने, 'धेरै अमेरिकीहरु कामका लागि बाहिर छन् । उनीहरुले आशा गुमाइसकेका छन् ।'

 पूर्व उपराष्ट्रपति बाइडेनले ट्रम्पको आफ्नै सहयोगीहरुले उनी असफल राष्ट्रपति भएको स्वीकार गरिसकेको दाबी समेत गरे ।

'राष्ट्रपति भएपछि ट्रम्पले अमेरिकीहरुको हेरचाह र नेतृत्व गर्नुपर्ने हो, दायित्व लिएर कहिलै नझुक्‍नुपर्ने हो ।' उनले भने ।

उक्त सम्बोधनमा उनले राष्ट्रपतिमा निर्विचत भए आफूले गर्ने कामहरुको बारे प्रस्तुति दिएका थिए ।


कस्तो लाग्यो ?

यो पनि