मंसिर ०१, २०८१, शनिबार
               

यूक्रेनमा सशस्त्र समूहद्वारा २० सर्वसाधारण अपहरण

नेपाल फ्ल्यास
साउन ०६, २०७७

सांकेतिक
ADVERTISEMENT

पश्चिमी यूक्रेनी सहर लुट्स्कमा एक बन्दुकधारीले एउटा यात्रु बसलाई नियन्त्रणमा लिई २० भन्दा बढी मानिसलाई अपहरण गरेको स्थानीय प्रहरीले मंगलबार जानकारी गराएको छ ।

भोल्यान क्षेत्रको युक्रेनी सुरक्षा सेवा निर्देशनालयको सञ्चार केन्द्रका अनुसार सशस्त्र व्यक्तिले बेरेस्तेच्को–क्रासिलोभ्का मार्गमा रहेको स्थानीय बसलाई नियन्त्रणमा लिई बसभित्र रहेका यात्रुहरूलाई अपहरण गरेको हो ।

“आज बिहान बेरेस्तेच्को–क्रासिलोभ्काबाट एक बसलाई कब्जा गर्ने व्यक्तिको परिचय स्थापित भइरहेको छ । उक्त व्यक्तिले कुनै स्पष्ट मागहरू गरेको छैन । उक्त व्यक्तिले समय–समयमा आफ्नोे बन्दुकबाट गोली चलाएको तर सबै जना सकुशल रहेको ।” केन्द्रलाई उद्धृत गरी स्थानीय सञ्चारमाध्यमले लेखेका छन् । 

क्षेत्रीय प्रहरी कार्यालयले उक्त क्षेत्रमा एउटा अपरेशनल योजना ‘होस्टगेज’ थालिएको छ र नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न सहरको मध्यभाग बन्द छ । 

यसैबीच युक्रेनको फौजदारी अनुसन्धान विभागले उक्त व्यक्तिसँग ग्रेनेड र अन्य स्वचालित हतियारसहित ठूलो संख्यामा हतियार रहेको बताएको छ । उक्त व्यक्तिले सहरमा एउटा विस्फोटक पदार्थ छोडेको आशङ्का गरिएको छ । 


कस्तो लाग्यो ?

यो पनि