साउदी अरेबियाका ८४ वर्षीय राजा सलमान विन अब्दुल्लाज अस्पताल भर्ना भएका छन् । स्वास्थ्यस्थिति प्रतिकूल भएका कारण उनलाई राजधानी रियादको अस्पतालमा भर्ना गरिएको त्यहाँको समाचार एजेन्सी एसपीएलाई उदृत गर्दै रोयटर्सले जनाएको छ ।
विश्वको सबैभन्दा ठूलो तेल उत्पादक मुलुकका प्रमुखको उपचार जारी भए पनि थप विवरण खुलाइएको छैन । उनको अमेरिकासँग विशेष सम्बन्ध रहँदै आएको छ ।
सन् २०१२ मा उनी साउदीको राजा भएका हुन् । उनले रियादको गभर्नरका रुपमा ५० वर्ष सेवा गरेका छन् ।
उनका छोरा मोहम्मद विन सलमानको पनि लोकप्रियता उत्तिकै छ । उनले अर्थतन्त्रसँगै त्यहाँको सामाजिक क्षेत्र सुधारका योजना अगाडि बढाइरहेका छन् जसलाई प्रगतिशील रहेको बताइन्छ ।
मुलत: तेलमाथिको निर्भरता हटाउन उनी सक्रिय छन् । अहिलेका राजापछि सत्ता सम्हाल्ने उनी युवापुस्तामा लोकप्रिय छन् । ३४ वर्षका उनले महिलामाथिका धेरै प्रतिबन्धहरुलाई खारेज गरेका छन् ।