बैशाख २३, २०८१, आइतबार
               

किम अचानक निर्माणाधीन अस्पताल पुगे र गाली गर्न थाले

एजेन्सी
साउन ०५, २०७७

ADVERTISEMENT

उत्तर कोरियाली नेता किम जोङ उनले निर्माणधीन अस्पतालका म्यानेजरलाई बेस्सरी गाली गरेका छन् । 

किम जोङ उन प्योङ्गयाङमा निर्माणाधीन अस्पतालमा अचानक पुगेका थिए । किमले उक्त प्रोजेक्टमा भएको लापरवाहीको विषयमा आक्रोश व्यक्त गरेको समाचार एजेन्सी एपीले उल्लेख गरेको छ ।

किमले उत्तर कोरियाको राजधानी प्योङ्गयाङमा एक नयाँ अस्पतालल बनाइरहेका छन् । अस्पतालको भवनमा देखिएको केही समस्याको विषयमा किम निक रिसाएका थिए । 

यसले कोरोनाभाइरसको महामारी र अमेरिकी प्रतिबन्धका कारण उत्तर कोरियामा आपूर्ति लगभग बन्द भएको संकेत दिएको अनुमान गरिएको बीबीसीले लेखेको छ ।

उत्तर कोरियाको सरकारी समाचार एजेन्सी कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीए) का अनुसार अस्पताल निर्माण (पूरा प्रोजेक्ट) मा लापरवाही र बजेटमा गडबडी भएको देखिएपछि सबै जिम्मेवार अधिकारी फेरिएका छन् ।

गत मार्चमा नै किमले नयाँ अस्पताल बनाउने कुरा बताएका थिए । 

किम जोङ उनले आफ्नो देशको स्वास्थ्य सेवामा सुधार ल्याउने कोसिस गरिरहेका छन् ।

यो पनि