जेठ ०८, २०८१, मंगलबार
               

कपाल मुण्डन गरिएका धर्मेन्द्र सिंहले पैसा लिएर नेपाली बनेकाे पुष्टि

नेपाल फ्ल्यास
साउन ०३, २०७७

ADVERTISEMENT

भारतको बनारसमा केही दिनअघि जवरजस्ती कपाल मुण्डन गरिएका व्यक्ति नेपाली नभएको भारतीय प्रहरीले जनाएकाे छ । 

उनलाई स्थानीय हिन्दु सेनाका सदस्यले एक हजार भारतीय रुपैयाँ दिएर 'नेपाली' बनाएको रहस्य खुलेको हो ।  उत्तर प्रदेशको बनारसमा नेपाली नागरिकको जवरजस्ती कपाल मुन्डन गरेको घटनाले शनिबार नयाँ मोड लिएको हो । वाराणसीका  एसएसपी अमित पाठकका अनुसार भिडियोमा कपाल मुन्डन भइरहेको देखिएका कथित नेपाली व्यक्ति  शुद्ध रूपमा भारतीय नागरिक हुन् ।  पुलिसको टोलीले उनलाई हिरासतमा लिएर सोधपुछ गर्ने क्रममा उक्त खुलासा भएको हो । कथित नेपाली युवकले आफ्नो नाम धर्मेन्द्र सिंह बताएका छन् । उनी साडी दोकानका कामदार भएको खुलेको छ ।

लकडाउनका कारण आर्थिक समस्यामा परेका उनलाई हिन्दु सेनाका सदस्यहरूले एक हजार रुपैयाँको प्रलोभनमा पारेर भिडियो बनाएका थिए । पोल खुलेपछि अहिले पुलिसले विश्‍व हिन्दू सेनाका संस्थापक र मुख्य आरोपी अरुण पाठकको खोजीलाई तीव्र बनाएको छ । अहिलेसम्म सन्तोष पाण्डेय, राजु यादव, अमित दुबे र आशीष मिश्रा गरी ४ जना पक्राउ परेका छन् ।


कस्तो लाग्यो ?

यो पनि