बैशाख २२, २०८१, शनिबार
               

आर्थिक सङ्कट र महामारीबीच सिरियामा आइतबार निर्वाचन

नेपाल फ्ल्यास
साउन ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । काेराेनाकाे चपेटा, युद्ध, अन्तर्राष्ट्रिय प्रतिबन्ध र आर्थिक समस्याको दलदलमा फसेको सिरियाले आइतबार संसदीय निर्वाचनमा भाग लिँदै छ । सरकारको नियन्त्रणमा रहेको करिब ७० प्रतिशत इलाकामा सम्पन्न हुने संसदीय निर्वाचन सन् २०११ मा युद्धको शुरु भएदेखि यो देशको तेस्रो हो ।

राष्ट्रपति बसर अल असदले सिरियाली नेतृत्वमा आएको पनि दुई दशक पुगेको छ । युद्धले ग्रसित अर्थतन्त्र कमजोर हुँदै जाँदा करिब दुई हजार १०० उम्मेदवारले निर्वाचनमा प्रतिस्पर्दा गर्ने त्यहाँको निर्वाचन आयोगले जनाएको छ ।

उम्मेदवारमध्ये पश्चिमी मुलुकहरू अमेरिका र यूरोपेली संघका सदस्य कतिपय मुलुकहरूले प्रतिबन्ध लगाएका केही ठूला व्यवसायीहरू पनि रहेका छन् । उनीहरूले २५० सीट भएको सिरियाली संसदमा राष्ट्रपतीय असदको प्रभुत्व रहेको देखिन्छ ।

देशभरि धेरै सूचिहरू सञ्चालन गर्न अनुमति दिइएको यस निर्वाचनमा पनि कुनै वास्तविक विपक्ष चुनावमा प्रतिस्पर्धाबाट टाढा नै रहने छन् । सत्तारूढ बाथ पार्टीको आधिपत्य सुनिश्चितता गरिएको निर्वाचनमा कुनै आश्चर्यजनक नतिजाको अपेक्षा गरिएको छैन ।

सिरियामा हरेक चार वर्षमा निर्वाचन भएपनि राष्ट्रपति असदलाई आधिकारिकता दिलाउँदै बाथ पार्टीको अत्यधिक बहुमत घोषणा हुने गरेको छ किनकि विपक्षीहरू निर्वाचनको दौडमा सामेल हुने वातावरण नै छैन ।

सिरियामा गत अप्रिलमा नै निर्वाचन गर्ने घोषणा भएको थियो तर विश्वव्यापी महामारीकोरूपमा फैलिएको कोभिड–१९ भाइरसको प्रकोपका कारण दुई पटकसम्म निर्वाचन मिति सरेको थियो ।

कोरोनाभाइरसले सिर्जना गरेको विश्वव्यापी आर्थिक सङ्कट र नरसंहारले सिरियाको पीडालाई थप सङ्कटपूर्ण बनाएको छ । सिरियामा अनियन्त्रित मुद्रास्फीति र कालो बजारका कारण राष्ट्रिय मुद्राको अन्तर्राष्ट्रिय बजारमा निरन्तर गिरावट रहँदै आएको छ ।


कस्तो लाग्यो ?

यो पनि