जेठ ०८, २०८१, मंगलबार
               

कपाल मुण्डन गरी दुर्व्यवहार गरिएका 'पीडित नेपाली'को खोजी

एजेन्सी
साउन ०३, २०७७

ADVERTISEMENT

प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्म र जन्मभूमि अयोध्याबारे दिएको अभिव्यक्तिको विरोधमा भारतको बनारसमा भएको घटनामा संलग्न चार जनालाई गिरफ्तार गरेको त्यहाँको प्रहरीले अब पीडित भनिएका ती व्यक्तिबारे सोधखोज गरिरहेको बिबिसीले जनाएकाे छ । 

नेपालमा पनि निकै भाइरल भएको एउटा भिडियो फुटेजमा त्यहाँको एउटा हिन्दू सङ्गठनका कार्यकर्ताहरूले नेपाली भनिएका एक व्यक्तिको कपाल खौरिएर नेपाल र प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गर्न लगाएको देखिन्छ।

भारत उत्तर प्रदेशस्थित वाराणसी प्रहरीका एसपी अमित पाठकले उक्त घटनाको भिडियो खिची सामाजिक सञ्जालमा प्रसार गरेको आरोपमा पक्राउ परेका चार जनालाई अदालतमा पेस गर्न लागेको जानकारी दिए । तर मुख्य आरोपित अरुण पाठक भने फरार छन् ।

एसपी पाठकका अनुसार भिडियोमा पीडितका रूपमा देखा परेका व्यक्ति को हुन् भन्ने अझै स्पष्ट भएको छैन -"उनले अहिलेसम्म उजुरी दिएका छैनन्, उनलाई फेला पार्न वा सम्पर्क गर्न सक्यौँ भने मात्र हामी (उनी नेपाली हुन् कि हैनन्) भन्न सक्छौँ ।"

त्यहाँ बसोबास गर्ने नेपाली समुदायका अगुवाहरूका अनुसार ती व्यक्तिको पहिचान गर्ने काम भइरहेको छ । केही व्यक्तिले घटनास्थलनजिकै भेलुपुरमा उनको घर रहेको र उनी अवकाशप्राप्त गोर्खा सैनिक भएको प्रारम्भिक सूचना आएको जनाएका छन् । उनी ४२ वर्षका भएको बुझिएको छ । उनी नेपाली नागरिक नै हुन् वा नेपाली मूलका भारतीय हुन् भन्ने अझै खुल्न सकेको छैन ।

घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका एक आरोपित व्यक्तले प्रहरीलाई दिएको बयानमा नेपाली भनिएका ती व्यक्तिलाई मुण्डन गर्न र नेपालका प्रधानमन्त्रीविरुद्ध नारा लगाउन १,५०० रुपैयाँ दिएर तयार पारिएको दाबी गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि