मंसिर ०७, २०८१, शुक्रबार
               

मुम्बइमा सात जनाको मृत्यु

नेपाल फ्ल्यास
साउन ०२, २०७७

ADVERTISEMENT

भारतको आर्थिक राजधानी सहर मानिने मुम्बइमा बिहीबार अपरान्ह दुई ओटा आवासीय भवन भत्किँदा सात को मृत्यु भएको छ । दुई फरक स्थानमा भएको यस दुर्घटनामा परी अरु कैयौँ व्यक्ति घाइते भएका बताइएको छ । 

अरु केही व्यक्ति पुरिएको आशंका पनि गरिएको छ । तर यसको विस्तृत विवरण भने आएको छैन ।

मुम्बइको बजार इलाकानजिकको भानुशालीमा आवासीय भवन भत्किएको थियो । त्यसमा परी पाँच जनाको ज्यान गएको बताइएको छ । 

मुम्बइमा गएको तीन दिनदेखि भारी वर्षा जारी रहेको छ । सो वर्षाका कारण उक्त भवन भत्किएको अुनमान गरिएको छ । 

भत्किएको भवनमा परी पुरिएका वा च्यापिएका व्यक्तिको उद्वारको प्रयास भइरहेको बताइएको छ । मुम्बइको भानुशाली भवन बिहीबार अपरान्ह २ः३० बजे भत्किएको थियो । 

भवनको केही भाग खसेको र त्यसमा परी पाँच जनाको ज्यान जानुको साथै अरु २३ जना घाइते भएका छन् । 

उनीहरुलाई ठूलो संख्याका सुरक्षाकर्मी लगाएर उद्धार गरिएको बताइएको छ । मुम्बइका मुख्यमन्त्री उद्धव ठाकरे सो दुर्घटनास्थलमा पुगेर उद्धार कार्यका लागि निर्देशन दिएका छन् ।

मुम्बइको प्राकृतिक प्रकोप विभागका एकजना अधिकारीले दिएको जानकारीअनुसार उक्त भत्किएको भवनको भग्नावषेशबाट पाँच जनाको शव निकाएको छ । 

ती अधिकारीले त्यस भवनबाट अरु केही व्यक्तिलाई भने जिवीतै उद्वार गरिएको पनि जनाएका छन् । 

त्यसैगरी मुम्बइकै मलादा क्षेत्रमा भएको अर्को भवन भत्किँदा अरु दुई जनाको ज्यान गएको छ । 

सो दुर्घटना बुधबार साँझ भएको एक जना प्रहरी अधिकारीले  जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि