जेठ ०४, २०८१, शुक्रबार
               

अमेरिकन एयरलाइन्सद्धारा २५ हजार कर्मचारी कटौती गर्ने चेतावनी

नेपाल फ्ल्यास
साउन ०१, २०७७

ADVERTISEMENT

अमेरिकन एयरलाइन्सले अग्रपङ्क्तिमा रहेर काम गर्ने झण्डै २५ हजार कर्मचारीलाई रोजगारीबाट निकाल्ने चेतावनी दिएको छ ।  
 
कोरोनाभाइरसको महामारीका कारण सेवा प्रवाहमा अत्यधिक कमी आएकाले कर्मचारीहरू कटौती गर्नुपर्ने बाध्यता रहेको कम्पनीले जनाएको छ । 

निस्काशित हुन लागेकामध्ये झण्डै २९ प्रतिशत कर्मचारीहरु अमेरिकी रहेको पनि कम्पनीका अधिकारीहरुले जानकारी दिएका छन् । 

पदमुक्त हुन लागेका कर्मचारीहरूलाई दुईवबर्षभन्दा बढीको विदा लिन वा अग्रिम अवकास लिन आग्रह पनि गरिएको छ । 

“कोरोनाभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या घटेको छैन, कतिपय राज्यहरुले निषेधात्मक व्यवस्थाहरुलाई फेरि सक्रिय बनाउन थालेका छन्, त्यसैले तत्काल पर्याप्त हवाई सेवा सञ्चालनमा आउने देखिदैन,” कम्पनीका प्रमुख कार्यकारी अधिकृत डोङ पार्कर र अध्यक्ष रोबर्ट इसोमले भने । 

कम्पनीले जुन महिनासम्ममा ८० प्रतिशतभन्दा बढी आम्दानी घटेको जानकारी दिएको समाचारमा उल्लेख गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि