जेठ ०४, २०८१, शुक्रबार
               

चीनमा ६ महिनापछि 'फिल्म हल' खुल्दै

नेपाल फ्ल्यास
साउन ०१, २०७७

ADVERTISEMENT

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको सुरुवातदेखि बन्द रहेका चीनका सिनेमाघर (फिल्म हल) अब खुल्ने भएका छन् ।

कोरोना संक्रमणका कारण त्यहाँ करिब ६ महिनादेखि सिनेमाघर लगायत मनोरञ्जनका सार्वजनिक स्थल बन्द थिए । अन्य स्थानहरु खुले पनि सिनेमाघर भने खुलेका थिएनन् ।

यही जुलाई २० तारिखदेखि त्यहाँ सिनेमाघर खुल्ने चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

गएको डिसेम्बर अन्तिम साता चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस महामारीको रुपमा विश्वभर फैलिसकेको छ ।

थुप्रै देश अहिले पनि कोरोनाको तीव्र संक्रमण र मृत्युसँग जुधिरहेका छन् । 

तर चीनले भने यसलाई लगभग नियन्त्रण गरिसकेको छ । 

त्यहाँको जनजीवन सामान्य भइसकेको छ भने अर्थतन्त्र चलायमान हुने क्रममा छ ।


कस्तो लाग्यो ?

यो पनि