जेठ ०८, २०८१, मंगलबार
               

बिहारमा फेरि सुरू भयो लकडाउन

एजेन्सी
साउन ०१, २०७७

ADVERTISEMENT

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि  नेपाल सीमा जोडिएको भारतीय राज्य बिहारमा लकडाउन सुरू गरेको छ ।  

१६ दिनका लागि आजबाट लकडाउन सुरु गरेको छ । जुलाई ३१ गतेसम्मका लागि लकडाउन लागु गरेको हो ।

बिहारको सरकारले मंगलबार लकडाउन बिहारका सबै राज्यामा लागु हुने छ भनी घोषणा गरेको थियो ।

लकडाउन समयअवधिभर कुनै पनि अपवादबाहेकका सम्पूर्ण सरकारी कार्यालय, निजी तथा व्यवसायिक प्रतिष्ठान र शैक्षिक संस्थाहरू बन्द रहनेछन् ।

यातायात क्षेत्र पनि  बन्द रहनेछ । बिहारको राजधानी पटनामा कडा लकडाउन गरेको छ। सरकारले लकडाउन उल्लघंन गर्नेलाई कारवाही गर्ने चेतावनी दिएको छ ।

मठमन्दिर पनि जान नपापाउनेछैनन् तर मन्दिरका पूजारीले नित्य पूजा गर्न पाउनेछन्। मन्दिर हाताभित्र हुने अन्य गतिविधिलाई पूर्णरूपमा निषेध गरिएको छ ।

गाडी तथा मोबाइल मर्मत केन्द्रहरू भने सरकारको अनुमतिमा खोल्न पाइनेछ। संक्रमण भएका क्षेत्रमा भने यस्ता केन्द्र खोल्न पाइनेछैन ।

यसैगरी बिहार सरकारले औधोगिक प्रतिष्ठान र निर्माण क्षेत्र खुला रहने जनाएको छ ।

यसका लागि विशेष निर्देशनहरूको पालना गर्नुपर्नेछ। यस अवधिमा कृषि गतिविधि र कृषि उत्पादन बिक्री गर्ने पसलहरू खुला रहनेछन् । होटल तथा रेस्टुरेन्टहरू खुल्ला रहनेछन् ।


कस्तो लाग्यो ?

यो पनि