मंसिर ०१, २०८१, शनिबार
               

पोल्याण्डमा राष्ट्रपति चयनका लागि मतदान

नेपाल फ्ल्यास
असार २८, २०७७

ADVERTISEMENT

युरोपेली मुलुक पोल्याण्डमा नयाँ राष्ट्रपति चयनका लागि आइतबार मतदान भएको छ । 

नयाँ राष्ट्रपतिका लागि वर्तमान् राष्ट्रपति अन्दर्जेज डुडा र युरोपेली संसदका पूर्व सदस्य राफल ट्रजास्कोवस्की प्रतिस्पर्धामा छन् 

डुडालाई सत्तारुढ दल र सरकारले समर्थन गरेको छ । उनीहरूले डुडालाई नै थप पाँच वर्षका लागि राष्ट्रपति बनाउन चाहेका छन् ।

अर्का प्रतिस्पर्धी राफललाई भने प्रमुख प्रतिपक्षी दल सिभिक प्लेटफर्म पार्टीले समर्थन जनाएको छ । जुन पार्टी यसअघि सन् २००७ देखि २०१५ सम्म शक्तिमा रहेको थियो । 

राष्ट्रपतिका लागि चुनावी मैदानमा उत्रिएका दुवै जना ४८ वर्षका छन् । उनीहरूबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । पछिल्ला सर्वैक्षणहरूले उनीहरूका बीचमा झिनो मतान्तरले जित तथा हार हुने देखाएका छन् । 


कस्तो लाग्यो ?

यो पनि