जेठ ०५, २०८१, शनिबार
               

भारतमा सर्पकाे डसाइबाट मात्रै २० वर्षमा १२ लाखको मृत्यु

नेपाल फ्ल्यास
असार २७, २०७७

ADVERTISEMENT

भारतमा सर्पले डसेर मात्रै २० वर्षमा १२ लाख मानिसको मृत्यु भएको छ । नयाँ अध्ययनअनुसार भारतमा २० वर्षमा १२ लाख मानिसको मृत्यु भएको देखिएकाे हो । ३० देखि ६९ वर्ष उमेर बीचका मानिस रहेका थिए । सर्पको डसाइबाट एक चौथाइ बालबालिकाको मृत्यु भएको छ ।

भारतमा रसेल्स वाइपर, करेट र नाग प्रजातिका सर्पले बढी डसेको एक अध्ययनले जनाएको छ । साथै, अन्य १२ प्रजातिका सर्पले टोकेर मानिसको मृत्यु भएको हो । सर्पले टोक्दा सामान्य प्राथमिक उपचारसमेत  नहुने ठाउँमा मानिसको मृत्यु हुने गरेको छ । जुन क्षेत्रमा मेडिकल पनि छैनन् र उपचार गर्नको लागि जान सक्दैनन् । सर्प मनसुनमा बढी सक्रिय हुन्छन् । जुन र सेप्टेम्बर महिनाको बीचमा उनीहरु बाहिर निस्कने गर्छन् । अधिकांश सर्पले खुट्टामा टोक्ने गर्छन् ।

साइन्स जर्नल 'ईलाइफ' मा प्रकाशित अनुसन्धानमा भारत र अन्तर्राष्ट्रिय स्तरका वैज्ञानिकले तयार पारेका हुन् । भारतको महत्त्वाकांक्षी 'मिलियन डेथ स्टडी' प्रोजेक्टले यस तथ्यांक तयार पारेको थियो ।

भारत र दक्षिण एसियामा पाइने 'रसेल्स वाइपर' लाई धेरै मानिसले दुबोइया सर्प पनि भन्ने गर्छन् । यसलाई सबैभन्दा विषालु सर्पको रुपमा लिने गर्छन् । यसले जस्तो जनावरलाई पनि खाएर आफ्नो आहारा बनाउने गर्छ । धेरै जसो मानिसको बसोवास भएको क्षेत्रमा याे पाइने गर्छ ।

भारतमा पाइने करेट सर्प दिउँसो उज्यालोमा शान्त रहने गर्छ । रात परेपछि सक्रिय हुँदै जाने र त्यसपश्चात् जुनसुकै समयमा पनि डस्ने गर्छ । यसको लम्बाइ पाँच फिट नौ इन्चसम्म हुन्छ । जहाँसम्म अन्य गोमन सर्पले पनि रातको समयमा नै डस्ने गर्छ ।

यस प्रकारको सर्पले डसेपछि भित्री रगत पनि बग्ने गर्छ र तत्कालै अस्पताल लानुपर्ने हुन्छ । अध्ययन अनुसार २००१ देखि २०१४ सम्म आठ राज्यमा सर्पले बढी टोकेको थियो । बिहार, झारखण्ड, मध्य प्रदेश, ओडिसा उत्तर प्रदेश, आन्ध्र प्रदेश, तेलंगना, राजस्थान र गुजरात राज्यमा बढी सर्पले डसेका थिए ।

अध्ययनअनुसार ७० वर्ष भन्दा कम उमेरका मानिस सर्पको डसाइबाट २ सय ५० मध्येमा १ हुने गर्छ । कुनै-कुनै क्षेत्रमा १ सयमा १ देखि बढी पनि हुने गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि