बैशाख ३१, २०८१, सोमबार
               

विनानिष्कर्ष वार्तामा बस्न मानेनन् किम जोङ र किम यो जोङ अमेरिकासँग

नेपाल फ्ल्यास
असार २६, २०७७

ADVERTISEMENT

उत्तर कोरियाली नेता किम जोङकी बहिनी किम यो जोङले अमेरिकासँग वार्ताको गर्नुपर्ने कुनै काम नरहेको बताएकी छन् । 

उनले अमेरिकासँग हुने भनिएको उच्चस्तरीय वर्तालाई लक्षित गर्दै यस्तो बताएकी हुन् । 

 उनको यस्तो भनाइ सार्वजनिक भएसँगै अमेरिका र उत्तरकोरिया बीच तत्काल कुनै पनि वार्ता  संकेत देखिएको भन्दै विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

दक्षिण कोरियाको योनहाप समाचार समितिले उत्तर कोरियाको सरकारी समाचार समिति, केसिएनएलाई उद्धृत गर्दै किम यो जोङले उत्तर कोरियाले अमेरिकासँग गर्ने भनेको अर्को वार्ताको कुनै काम नरहेको बताइन् ।

उनले अब अमेरिकासँग अर्को वार्ता अनावश्यक हो र यस्तो प्रयोगबिहीन वार्ता गर्न पनि नहुने उनको भनाइ छ । उनले यी दुइ देश बीच वार्तामा बसेर निष्कर्ष निकाल्न पनि नसक्ने भएकोले यस्तो वार्ता अनावश्यक हो भन्दै वार्ता नगर्ने भनेकी हुन् ।

अमेरिका आफ्नो अडानमा मात्र टाँसिएर बस्ने बताउँदै उनले  वार्ताको माध्यमबाट निष्कर्ष निकाल्न नसकिएको उनको भनाइ छ । केही दिनमात्र अघि उत्तरकोरियाको विदेशमन्त्रालय संयुक्त राज्य अमेरिका विभागका प्रमुख नोन जोङ गनले अमेरिकासँग वार्ता गर्न इच्छुक नरहेको बताएका थिए ।  

उनको सो भनाइ केही दिनमात्र पछि किम यो जोङले शुक्रबार यो धारणा राखे । उनको यो धारणासँगै उत्तरकोरिया आगामी दिनमा अमेरिकासँग हुने भनेको वार्तामा बस्न इच्छुक नहुने देखिएको छ ।

केही समयअघि दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले अमेरिकाको आगामी राष्ट्रिय निर्वाचनअघि अमेरिका र उत्तरकोरियाबीच वार्ता हुने अनुमान गरिएको बताएका थिए ।


कस्तो लाग्यो ?

यो पनि