जेठ ०८, २०८१, मंगलबार
               

भारतमा विदेशी नियोगको झोलामा सुन तस्करी भएको भेटिएपछि...

नेपाल फ्ल्यास
असार २५, २०७७

ADVERTISEMENT

भारतमा विदेशी कूटनीतिक निकायको झोला प्रयोग गर्दै सुन तस्करी भएको पत्ता लागेपसँगै राजनीतिक विवाद सुरु भएको छ।

भारतको दक्षिणी राज्य केरलास्थित एउटा अन्तर्राष्ट्रिय विमानस्थलको शौचालयभित्र ३० किलोभन्दा बढी सुन लुकाएर राखिएको अवस्थामा भन्सार अधिकृतहरूले फेला पारेका थिए।

झोलामा राखिएको सुन पुर्‍याउने ठेगानामा तिरुवनन्तपुरमस्थित संयुक्त अरब एमिरेट्स ९यूएई० को वाणिज्य दूतावासको ठेगाना उल्लेख थियो।

यूएईले उक्त विषयमा आफूलाई केही थाहा नभएको र आफ्ना एक भूतपूर्व कर्मचारी पक्राउ परेको जनाएको छ। ती कर्मचारी भारतीय नागरिक हुन्।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार अर्का व्यक्तिलाई पनि पक्राउ परेका छन्।

के भन्छ यूएई ?

मङ्गलवार एउटा ट्विटमार्फत् विज्ञप्तिमा सार्वजनिक गर्दै दिल्लीस्थित यूएईको दूतावासले घटनाबारे अनुसन्धान सुरु गरिएको बताएको छ।

भारतका लागि यूएईका राजदूतले 'आफ्नो काम राम्रोसँग नगरेका कारण' केही महिनाअघि एक कर्मचारीलाई निकालिएको गल्फ न्युजलाई लाई बताएका छन्।

दोषीहरूले ठूलो अपराध गर्नुका साथै भारतमा यूएईको नियोगको प्रतिष्ठा पनि धमिल्याउन खोजेकाले तिनलाई नछोडिने यूएईका अधिकारीहरूको धारणा दूतावासले सार्वजनिक गरेको छ।

'हामी अपराधको मूलसम्म पुग्न भारतीय अधिकारीहरूलाई सहयोग गर्न प्रतिबद्ध छौँ।'

राजीनामा माग

केरलामा विपक्षी दलले यो घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै आएका भए मुख्यमन्त्रीको राजीनामा माग गरेको छ।

तर राज्यका एक वरिष्ठ अधिकारीलाई भने पदबाट हटाइएको छ।

समाचारसंस्था रोएटर्सका अनुसार कोरोनाभाइरस महामारीका कारण अन्तर्राष्ट्रिय उडान नहुँदा भारतमा हुने सुन तस्करीको सङ्ख्या घटेको छ भने बजारमा सुनको मूल्य बढेको छ।

भारतमा सन् २०१९ मा ११५ देखि १२० टन सुन तस्करी भएको बताउँदै यो वर्ष उक्त सङ्ख्या ह्वात्तै घट्ने सम्भावना रहेको सुनको बजार विकासलगायतका क्षेत्रमा काम गरिरहेको एउटा संस्था वर्ल्ड गोल्ड काउन्सिलका प्रमुखले रोएटर्सलाई बताएका छन्।

-बीबीसी 


कस्तो लाग्यो ?

यो पनि