बैशाख १८, २०८१, मंगलबार
               

अस्ट्रेलियाका अर्थमन्त्रीद्धारा राजीनामा

नेपाल फ्ल्यास
असार २१, २०७७

ADVERTISEMENT

विश्व । अस्ट्रेलियाका अर्थमन्त्री म्याथिअस कोम्रयानले सन् २०२० को अन्त्यसँगै राजनीतिक जीवनबाट विश्राम लिने घोषणा गरेका छन् ।

कोम्र्यान सत्ताधारी गठबन्धनका एक वरिष्ठ व्यक्तित्व हुन । उनले राजनीतिलाई आफ्नो जीवनको सबैभन्दा ठूलो अवसर बताएका छन् । सन् २००७ मा पश्चिमी अस्ट्रेलियाको सिनेटरका रूपमा निर्वाचित बनेका  कोम्र्यानले सन् २०१३ पछि  सरकारको अर्थमन्त्रीका रूपमा काम गर्दै आएका थिए ।

कोम्र्यानले आफ्नो राजनीतिक जीवनबाट विदा लिन लाएको जानकारी गराउँदै  भने, 'म यस पद (अर्थमन्त्री) का रूपमा यस वर्षको बजेटलाई तयार गर्दासम्म रहनेछु । कोरोना भाइरस महामारीका कारण अस्ट्रेलियामा वार्षिक बजेट तयार गर्ने मिति आगामी अक्टोबरका लागि सारिएको छ ।

'मलाई यो काम मन पर्छ , त्यसैले मैले हरेक दिन यसकै लगि अपर्ण गर्दछु ।  तर यस वर्षको अन्त्यसम्म यो सरकारको आधा कार्यकाल पनि सकिनेछ ।'उनले भने, 'अर्को निर्वाचनमा उम्मेदवारी नदिने निर्णय गर्दै मैले प्रधानमन्त्री स्कट मोरिसनसँग सल्लाह गरिसकेको छु कि सन् २०२० को अन्त्य नै मलाई आफ्नो पदबाट विदा लिन उपयुक्त समय हुनेछ ।'

कोम्र्यानको राजिनामा यति वेला आएको छ जति वेला अस्ट्रेलियाले विश्वव्यापी महामारीका कारण ठूलो बजेट घाटाको सामना गरिरहेको छ । कोम्र्यानको राजिनामासँगै प्रधानमन्त्री मोरिसनले आफ्नो मन्त्री परिषद्मा फेरबदल गर्नु पर्ने अनुमान लगाएका छन् ।

 


कस्तो लाग्यो ?

यो पनि