बैशाख १८, २०८१, मंगलबार
               

अचानक लद्दाख पुगेर मोदीले दिए चीनलाई चेतावनी

नेपाल फ्ल्यास
असार १९, २०७७

ADVERTISEMENT

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत–चीनबीच विवादित सीमा क्षेत्र (लद्दाख) को भ्रमण गरेका छन् ।

शुक्रबार मोदी भारत, लद्दाखस्थित चीन–भारत सीमाक्षेत्रमा पुगेका हुन् । त्यहाँ पुगेर मोदीले ‘विस्तारवादको युग’ सकिएको बताएका छन् ।

'विस्तारवादको युग सकिइसक्यो, यो विकासको युग हो । इतिहास साक्षी छ, विस्तारवादी शक्ति कि परास्त भएको छ कि पछि हटेको छ ।' मोदीले भने । उनले चीनको नाम भने लिएनन् ।

अचानक सीमाक्षेत्रको भ्रमणमा पुगेका उनले गत महिना  दुई तर्फका सेनाको झडपमा मारिएका भारतीय सैनिकप्रति श्रद्धाञ्जली समेत व्यक्त गरे । झडपमा २० भारतीय सैनिकको मृत्यु भएको थियो ।

भ्रमणमा मोदीसँगै भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरभाने र डिफेन्स स्टाफका प्रमुख जनरल बिपिन रावत पनि सहभागी थिए ।

पछिल्लो समय चीन–भारतको सीमालाई लिएर तनाव बढिरहेको छ । 


कस्तो लाग्यो ?

यो पनि