बैशाख १८, २०८१, मंगलबार
               

शुक्रबार बिहान अचानक भारतको उत्तरी सीमामा मोदी

नेपाल फ्ल्यास
असार १९, २०७७

ADVERTISEMENT

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार बिहान अचानक भारतको उत्तरी सीमा लेह पुगेका छन् । भारत–चीनबीच सम्बन्ध बिग्रँदै गएको अवस्थामा त्यहाँ पुगी उनले सीमामा तैनाथ सैनिकलाई सम्बोधन गरेका छन् ।

उनले आफ्नो सम्बोधनमा १४ कोरको बहादुरी दुनियाको हरेक ठाउँमा फैलिएको बताएका छन् ।

उनले सम्बोधनका क्रममा गलवान उपत्यका भारतको रहेको दाबी गरेका छन् । चीनको नाम नलिएर बोलेका मोदीले विस्तारवादको युग अब सकिएको चेतावनी दिएका छन् ।

यस क्रममा उनले सेनाका जवानसँग भनेका छन्, ‘तपाईँहरु जुन सेवा गरिरहनुभएको छ त्यसको बराबरी विश्वमै कोही छैन ।’


कस्तो लाग्यो ?

यो पनि