जेठ ०८, २०८१, मंगलबार
               

अमेरिकी राष्ट्रपति ट्रम्पसहित ३५ जनाविरुद्ध पक्राउ पुर्जी

एजेन्सी
असार १५, २०७७

ADVERTISEMENT

इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहित ३५ जनाविरुद्ध पक्राउ पुर्जी जारी गर्दै इन्टरपोलमा सहयोगका लागि आग्रहसमेत गरेकाे छ । 

आफ्नो वरिष्ठ सैनिक कमान्डर जनरल क्‍वासिम सुलेमानीको हत्यामा संलग्‍न भएको आरोपमा पक्राउ पुर्जी जारी गरिएकाे भए पनि ट्रम्पबाहेक अन्यको नाम खुलाइएको छैन । इन्टरपोलले पनि यस विषयमा प्रतिक्रिया दिइसकेको छैन ।

अमेरिकाले ३ जनवरीमा इराकमा ड्रोन हमला गरेर सुलेमानीको हत्या गरेको थियो । सुलेमानीको हत्याले अमेरिका र इरानलाई सशस्त्र द्वन्द्वको धारमा पुर्याएको थियो । घटनापछि इरानले इराकमा अमेरिकी सैनिक क्याम्पलाई लक्षित गरी मिसाइल आक्रमण गरेको थियो । 


कस्तो लाग्यो ?

यो पनि