जेठ ०८, २०८१, मंगलबार
               

बङ्गलादेशमा डुङ्गा दुर्घटना हुँदा २३ जनाको मृत्यु

नेपाल फ्ल्यास
असार १५, २०७७

प्रतिकात्मक
ADVERTISEMENT

बङ्गलादेशको राजधानी ढाकाको बुरिगाङगामा अवस्थित एक नदीमा सोमबार विहान भएको एक डुङ्गा दुर्घटनामा परी कम्तीमा २३ व्यक्तिको मृत्यु भएको छ । 

सानो डुङ्गा अर्को एक ठूलो पानी जहाजमा ठोक्किँदा भएको यस घटनामा अन्य कैयौ बेपत्ता भएका उद्धारकर्ताहरूले जानकारी दिएका छन् । 

यस दुर्घटनामा परेका २३ व्यक्तिको शव जलक्षेत्रबाट बाहिर निकालिएको सरकारी अधिकारी इनायट हुसेनले जानकारी दिए ।   दुर्घटनामा परेको डुङ्गामा ५० व्यक्ति सवार रहेका अनुमान गरिएको पनि हुसेनले बताए । उद्धारकार्य जारी रहेको बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि