जेठ ०४, २०८१, शुक्रबार
               

तालिबानको आक्रमणमा ६ सैनिकको मृत्यु

नेपाल फ्ल्यास
असार १४, २०७७

ADVERTISEMENT

अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा शनिबार राति तालिबान समूहले गरेको आक्रमणमा कम्तीमा ६ जना अफगान सुरक्षाकर्मीको मृत्यु भएको छ ।

टोलो न्यूजका अनुसार तालिबानी लडाकूले इमाम साहिब जिल्लामा सुरक्षाकर्मीको जाँच चौकीमा आक्रमण गरेका थिए । सुरक्षा स्रोतका अनुसार जाँच चौकीमा सुरक्षाकर्मीको संख्या बढाएसँगै तालिबान विद्रोहीहरु फरार भएका थिए । 

सुरक्षा स्रोतका अनुसार सरकारी फौजको प्रत्याक्रमणमा चार जना तालिबान लडाकू मारिएका छन् भने केही घाइते भएका छन् । तर यस विषयमा तालिबान समूहले कुनै प्रतिक्रिया जनाएको छैन । 


कस्तो लाग्यो ?

यो पनि