जेठ ०८, २०८१, मंगलबार
               

सोमालियामा मारिएका अलसवाबका कमाण्डर नेपाली भएको दाबी

एजेन्सी
असार १४, २०७७

ADVERTISEMENT

सोमालियाको सुरक्षा फौजले गरेको सैन्य कारवाहीमा मारिएका इस्लामिक समुह अल-सवाबका कमाण्डर नेपाली रहेको दाबी गरिएको छ ।

सोमालियाको सेनाले गत विहीबार दक्षिणी सोमालियाको मध्य जुबा क्षेत्रमा इस्लामिक विद्रोही संगठन अलसवाबविरुद्ध सैन्य कारवाही गरेको थियो ।

कारवाहीमा मारिएका अल सवाबका कमाण्डर भनिएका असरफ अज्मी अबु हमदानलाई नेपाली नागरिक भएको त्यहाँको राज्यस्तरीय रेडियोलाई उद्धृत गर्दै अफ्रिका न्युजले लेखेको छ ।

हमदान ईस्लामिक समुह अल सवाबका मुख्य प्रशिक्षक रहेको समाचारमा उल्लेख छ ।

नेपाली भनेर दावी गरिएका हमदानसँगै अलसवाबका अन्य तीन जना लडाकु पनि सैन्य कारवाहीमा मारिएको बताइएको छ ।

इस्लामिक संगठन अल सवाबले इस्लामिक सरिया कानूनमा आधारित छुट्टै राज्य स्थापनाका लागि त्यहाँको केन्द्रीय सरकारविरुद्ध सन् २००८ देखि सशस्त्र विद्रोह गर्दै आएको छ ।


कस्तो लाग्यो ?

यो पनि