जेठ ०८, २०८१, मंगलबार
               

नेटो सेनाको कारबाहीमा १५ तालिबान मारिए

नेपाल फ्ल्यास
असार १३, २०७७

ADVERTISEMENT

अफगानिस्तानमा कार्यरत नेटोका सुरक्षाकर्मीहरूले गरेको सुरक्षा कारबाहीमा परी अफगानिस्तानमा १५ जना तालिबान लडाकू मारिएका छन् । अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा भएको सो कारबाहीमा ती तालिबानका लडाकू मारिएको समाचारमा जनाइएको छ । 

अफगानिस्तानकै बाल्ख प्रान्तमा तीन दिनअघि मात्र पनि नेटोले नै गरेको कारबाहीका क्रममा कम्तीमा २५ जनाको मृत्यु भएको बताइएको थियो । मृत्यु भएकाहरूमा सवैजना तालिबान लडाकूहरू रहेको सरकारी अधिकारीहरूले जनाएका छन् । शुक्रबार राति सो घटना भएको उनीहरूले बताएका छन् । 

टोलो न्युजले सम्प्रेषण गरेको समाचारमा दक्षिणी कान्दाहार प्रान्तको साइसान उपत्यकामा तालिबानहरूले सुरक्षा गस्तीमा रहेका अफगान प्रहरीमाथि आक्रमण गरेपछि नेटो सुरक्षाकर्मीले सो कारबाही गरेका थिए ।

सोही साइसान उपत्यकाको एक गाँउमा सुरक्षाकर्मीहरूले ती लडाकूमाथि हवाई आक्रमण गरेका थिए । कान्दाहार प्रान्तका प्रान्तीय सरकारका प्रवक्ताले सो जानकारी दिएका छन् । स्थानीय समााचार श्रोतका अनुसार आक्रमणका क्रममा अरु छ जना सशस्त्र तालिबान घाइते पनि भएका छन् । 

केही तालिबानहरूलाई नेटो सैनिक समूहले नियन्त्रणमा पनि लिएको जनाइएको छ । यस घटनाका बारेमा तालिबान लडाकूहरूको तर्फबाट भने अहिलेसम्म कुनै प्रतिक्रिया नआएको समाचारमा जनाइएको छ । 


कस्तो लाग्यो ?

यो पनि