जेठ ०८, २०८१, मंगलबार
               

चिनियाँ कम्युनिष्टलाई कडा प्रतिबन्ध लगाउँने अमेरिकाको घोषणा

नेपाल फ्ल्यास
असार १३, २०७७

ADVERTISEMENT

एजेन्सी । अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले चिनियाँ कम्युनिष्ट पार्टीका अधिकारीहरुलाई भिसामा कडा प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । हङकङको स्वतन्त्रतामा हस्तक्षेपकारी भूमिका भएका नेताहलाई यस्तो प्रतिबन्ध लगाइएको हो ।

यो प्रतिबन्ध पार्टीका वर्तमान तथा पूर्व पदाधिकारीमा लागू हुनेछ । विदेशमन्त्री पोम्पियोले हङकङको स्वायत्तता मास्ने गरी सुरक्षा कानुन प्रस्ताव गर्ने बेइजिङलाई कारबाही गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रतिबद्धताअनुसार चालिएको कदम भएको समाचारमा जनाइएको छ । तर, चीनले भने अमेरिकाको उक्त निर्णयलाई गलत भन्दै तत्काल फिर्ता लिनुपर्ने जनाएको छ ।

चिनियाँ संसद बैठक बस्नुअघि अमेरिकाको यो निर्णय आएको हो । हङकङमाथि लगाइने नयाँ कानुनका विषयमा आइतबारदेखि सुरु हुने चिनिया पिपुल्स कांग्रेसको स्थायी कमिटि बैठकमा छलफल हुने बताइएको छ ।

चीनले बेइजिङका अधिकारीविरुद्ध लाग्ने कार्यलाई अपराधको श्रेणाीमा राख्दै नयाँ सुरक्षा कानुन प्रस्ताव गरेको छ। यसका साथै चीनले हङकङमा पहिलोपटक आफ्नै सुरक्षा निकाय स्थापना गर्नसक्ने अनुमान गरिएको छ । यो कानुनविरुद्ध हङकङमा चीनविरुद्ध आन्दोलन सुरु भएको छ । 


कस्तो लाग्यो ?

यो पनि