जेठ ०८, २०८१, मंगलबार
               

मंगोलियाकाे संसदीय निर्वाचनमा २५ प्रतिशत मतदाता मात्रै सहभागी

नेपाल फ्ल्यास
असार १०, २०७७

ADVERTISEMENT

मंगोलियामा बुधबार भएको संसदीय निर्वाचनमा अति न्यून सहभागिता भएको छ । 

सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार निर्वाचनमा मध्याह्नसम्ममा २५.१३ प्रतिशत मतदाता मात्रै सहभागी भएका छन् । मतदान स्थानीय समय अनुसार बिहान ७ बजे शुरु भएको थियो । 

मतदानका लागि देशभरी दुई हजार ७० मतदान केन्द्रहरू स्थापना गरिएका छन् । निर्वाचनमा कम्तीमा १३ राजनीतिक पार्टी, चार ओटा गठबन्धन र १३७ जना स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । 

निर्वाचनमा मतदान गर्नका लागि देशभरी झण्डै २१ लाख जनाको नाम मतदाता नामावलीमा रहेको छ । मंगोलियाको एक सदनात्मक स्टेट ग्रेट खुरालमा निर्वाचनबाट ७६ जना सांसद चार वर्षे कार्यकालका लागि निर्वाचित हुनेछन् ।


कस्तो लाग्यो ?

यो पनि