जेठ ०५, २०८१, शनिबार
               

नरेन्द्र मोदीलाई बोल्दा सावधानी अपनाउन मनमोहन सिंहको सुझाब

नेपाल फ्ल्यास
असार ०८, २०७७

ADVERTISEMENT

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले भारत–चीन सीमा विवादबारे प्रधानमन्त्री नरेन्द्र मोदीलाई सावधान गराउँदै भनेका छन् कि भ्रामक प्रचार र झुठकाे आडम्बरले सत्यलाई दबाउन सकिँदैन ।

गलवानमा भारत–चीनका सेनाबीच भएको भिडन्तबारे मनमोहन सिंहले भनेका छन्, ‘हामी सरकारलाई आग्रह गर्छाैँ कि भ्रामक प्रचार कहिल्यै पनि कूटनीति र बलियो नेतृत्वको विकल्प हुन सक्दैन । पछि लाग्ने कार्यकर्ताद्वारा गरिएको प्रचारित झुठको आडम्बरले सत्यलाई दबाउन सक्दैन ।’

पूर्व प्रधानमन्त्री सिंहले भनेका छन्, ‘वर्तमान सरकारले लिने फैसला र उठाउने कदमले यो तय गर्ने छ कि भविष्यले उनको आँकलन कसरी गर्ने छ ।

मनमोहन सिंहले प्रधानमन्त्री मोदीलाई सल्लाह दिँदै भनेका छन्, ‘प्रधानमन्त्रीले आफूले व्यक्त गरेका शब्दहरुले देशको सुरक्षा एवं सामरिक र भूभागीय हितमा पर्ने असरप्रति सधैँ सावधान रहनुपर्छ ।’

डा. सिंहले चीनसँगको भिडन्तमा मारिएका २० सैनिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मातृभूमिको रक्षाका लागि उनीहरुको बलिदान व्यर्थ जान दिन नहुने बताएका छन् ।

मनमोहन सिंहको यस वक्तव्यलाई कांग्रेस नेता राहुल गान्धीले ट्वीट गरेका छन् ।

यो पनि