जेठ ०६, २०८१, आइतबार
               

भारत–चीनको सीमा तनावमा ट्रम्पले दिए यस्तो बयान

नेपाल फ्ल्यास
असार ०७, २०७७

ADVERTISEMENT

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारत र चीनबीच जारी तनावमाथि निगरानी राख्दै मद्दतको प्रस्ताव पेश गरेका छन् । अमेरिकाले भारत र चीनबीच कुराकानी गरिरहेको पनि ट्रम्पले बताएका छन् ।

राष्ट्रपति ट्रम्पले ह्वाइट हाउस बाहिर पत्रकारसँग भने, ‘यो निकै मुश्किल परिस्थिति हो । हामी भारतसँग कुरा गरिरहेका छौं । हामी चीनसँग पनि कुरा गरिरहेका छौं । त्यहाँ यी दुई देशबीच ठूलो समस्या छ । दुबै एकअर्काको आमने–सामने भएका छन् र अब के होला भनेर हामीले हेरिरहेका छौं । हामी उनीहरुलाई मद्दत गर्ने कोसिस गरिरहेका छौँ ।’

१५–१६ जुनको राती गलवान घाटीमा भारत र चीनबीच भएको हिंसामा भारतका कमान्डिङ अधिकारीसमेत २० सैनिक मारिएका थिए । चीनका पनि थुप्रै सैनिक हताहत भएको खबर छ तर चीनले आधिकारिक आँकडा जारी गरेको छैन ।

भारत र चीनबीच वर्तमान तनावलाई मध्यनजर गर्दै अमेरिकी राष्ट्रपतिले गत महिना सोसल मिडियामा उनी भारत र चीनबीच मध्यस्थता गर्न तयार भएको बताएका थिए ।


कस्तो लाग्यो ?

यो पनि