इन्डोनेसियाको पश्चिमी क्षेत्रमा डुंगा डुब्दा १० जना बेपत्ता भएका छन् ।
शनिबार इन्डोनेसियाली अधिकारीले दिएकाे जानकारी अनुसार सुन्ड्रा स्ट्रेटमा भएको डुंगा दुर्घटना हुँदा कम्तीमा १० जना बेपत्ता भइरहेका र उनीहरूको खोजी कार्य भइरहेकाे छ ।
डुंगा बान्टेन प्रान्तबाट राकाटा टापूतर्फ गइरहेको समय चाइल्ड क्रयाकाटाउ ज्वालामूखी नजिक पुग्दा डुबेको राष्ट्रिय खोज तथा उद्धार कार्यालयका प्रवक्ता युसुफ लाटिफले बताए ।