जेठ ०६, २०८१, आइतबार
               

भारतमा शनिबारसम्मकाे सङ्क्रमित सङ्ख्या करिब ४ लाख

नेपाल फ्ल्यास
असार ०६, २०७७

ADVERTISEMENT

भारत सरकार संघीय स्वास्थ्य मन्त्रालयका भारतमा शनिबारसम्म तीन लाख ९६ हजार १८२ जनालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

भारतभर सङ्क्रमितमध्ये १२ हजार ९७० व्यक्तिको मृत्यु भएको छ । भारतमा निको भएर घर फर्किने सङ्क्रमितको सङ्ख्या दुई लाख १४ हजार २०९ रहेको छ । अझै उपचाररत सङ्क्रमितको सङ्ख्या एक लाख ६९ हजार तीन रहेको छ ।

यस्तै कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढेसँगै भारतको उत्तराखण्ड राज्यले देहरादून शहरमा ४८ घण्टा (दुई दिन) लामो बन्दाबन्दी (लकडाउन) गर्ने घोषणा गरेको छ । देहरादून शहरका प्रहरी उपरिक्षक स्वेता चोबेले बन्दाबन्दीको निर्णय पुष्टि गर्दै भने, “दहरादूनमा बन्दाबन्दी शुक्रबार साँझदेखि शुरू भई सोमबार बिहान ७ बजेसम्म कायम रहनेछ । उनले भने, देहरादूनमा पछिल्ला केही दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि सङ्क्रमण रोकथाम र नियन्त्रणका साथै विरामीको व्यवस्थापनका लागि राज्य सरकारले ४८ घण्टा सहर बन्द गर्ने निर्णय लिएको हो ।

बन्दका समय अतिआवश्यक सामग्रीको आपूर्ति गर्ने सेवा, खाद्यान्न तथा तरकारी पसल, औषधि पसललगायतलाई भने यो निर्णय लागु हुने छैन ।

 भारत सरकार संघीय स्वास्थ्य मन्त्रालयका अनुसार उत्तराखण्ठमा शनिबारसम्ममा कूल दुई हजार १७७ जना सङ्क्रमित भएका छन् । यसमध्ये एक हजार ४३३ जना निको भई घर फर्किएका छन् । 

भारत सरकार संघीय स्वास्थ्य मन्त्रालयका भारतमा शनिबारसम्म तीन लाख ९६ हजार १८२ जनालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । भारतभर सङ्क्रमितमध्ये १२ हजार ९७० व्यक्तिको मृत्यु भएको छ । 

भारतमा निको भएर घर फर्किने सङ्क्रमितको सङ्ख्या दुई लाख १४ हजार २०९ रहेको छ । अझै उपचाररत सङ्क्रमितको सङ्ख्या एक लाख ६९ हजार तीन रहेको छ ।
 


कस्तो लाग्यो ?

यो पनि