बैशाख २२, २०८१, शनिबार
               

श्रमिकले तलब माग्दा मालिकले कुकुर लगाएर टोकाए

एजेन्सी
असार ०६, २०७७

ADVERTISEMENT

भारतमा तलब मागेको भन्दै श्रमिकलाई कुकुर लगाएर टोकाइएको घटना सार्वजनिक भएको छ । 

भारतको जोधपुरको एक रेष्टुरेन्टमा कार्यरत एक श्रमिकले आफूले पाउनु पर्ने तलब माग्दा कुकुर लगाएर टोकाएको उनले बताएका छन् ।

कल्याण सिंह नाम गरेका श्रमिकले अघिल्लो महिना काम गरेको तलब माग्दा रेष्टुरेन्टका मालिकले आफ्नै घरको कुकुर बोलाएर टोकाएको उनले बताएका छन् । कुकुरको टोकाइबाट उनी घाइते भएका छन् ।

आफूमाथि अन्याय भएको भन्दै उनले महामन्दिर प्रहरी चौकीमा उजुरीसमेत दर्ता गराएका छन् । 

उजुरीमा मालिकमाथि कारबाही र आफूले पाउनुपर्ने पारिश्रमिक दिलाइ दिन माग गरेका छन् । 

प्रहरीले घटनाबारे छानबिन सुरू भएको बताएको छ ।


कस्तो लाग्यो ?

यो पनि