जेठ ०६, २०८१, आइतबार
               

चुनावी र्‍याली गर्न राष्ट्रपति ट्रम्पलाई अनुमति

नेपाल फ्ल्यास
असार ०६, २०७७

ADVERTISEMENT

एजेन्सी । चुनावी र्‍याली गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अदालतबाट अनुमति पाएका छन् । अमेरिकी अदालतले राष्ट्रपति ट्रम्पलाई चुनावी र्‍याली गर्न अनुमति दिएको हो । अदालतको स्वीकृतिबाट उत्साहित भएका उनले शनिबार ओक्लोहोमाको टल्सामा चुनावी र्‍याली गर्ने भएका छन् । कोरोनाको संक्रमण थप फैलिन सक्ने भन्दै र्‍याली रोक्न मागसहित मुद्दा दायर भएको थियो ।

त्यसमा सुनुवाइ गर्दै ओक्लोहोमाको सर्वोच्च अदालतले र्‍यालीका लागि हरियो झण्डा देखाएको छ । कोरोना भाइरसको संक्रमण ओक्लोहोमामा बढ्दो क्रममा छ। तर आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा पुनः निर्वाचित हुने चाहनामा रहेका ट्रम्पले मार्चयता पहिलोपटक र्‍याली गर्न लागेका हुन् ।

संक्रमण बढ्दो क्रममा रहेको क्षेत्रमा ट्रम्पले चुनावी र्‍याली आयोजना गर्न लागेकामा ओक्लोहोमाका स्वास्थ्य अधिकारीले चिन्ता व्यक्त गरेका छन् । ट्रम्पको चुनावी अभियानले र्‍यालीमा सहभागी हुनका लागि १० लाखभन्दा बढी मानिसले टिकटका लागि अनुरोध गरेको बताएको छ। ब्यांक अफ ओक्लोहोमा सेन्टरमा चुनावी सभा हुने छ ।  


कस्तो लाग्यो ?

यो पनि