जेठ ०६, २०८१, आइतबार
               

१७ जना तालिबानी लडाकुको मृत्यु

नेपाल फ्ल्यास
असार ०५, २०७७

प्रतिकात्मक
ADVERTISEMENT

अफगानिस्तानको सरकारी फौजले बिहीबार राति गरेको सैन्य कारबाहीमा कम्तीमा १७ जना तालिबानी लडाकुको मृत्यु हुनुका साथै २० जना घाइते भएका छन् । 

अफगान रक्षा मन्त्रालयले पाक्तिया प्रान्तको सरोजाई जिल्लामा गरिएको कारबाहीमा ती लडाकु मारिएको जनाएको छ । 

उक्त आक्रमणका क्रममा अफगानिस्तानका एक सैनिक जवानको पनि मृत्यु भएको छ । रक्षा मन्त्रालयले सरकारी सेनातर्फ दुई जना सैनिक जवान घाइते भएको पनि जनाएको छ । 

अफगान सरकार र तालिबान समूहबीच वार्ताको तयारी भइरहे पनि दुबै पक्षबाट एकअर्का विरुद्ध घातक आक्रमण हुनेक्रम रोकिएको छैन ।


कस्तो लाग्यो ?

यो पनि