बैशाख १६, २०८१, आइतबार
               

पछिल्लो राजनीतिक घटनाबारे छलफल गर्न मोदीद्वारा सर्वदलीय बैठक आह्वान

नेपाल फ्ल्यास
असार ०५, २०७७

ADVERTISEMENT

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सर्वदलीय बैठक बोलाएका छन् । 

मोदीले चीनसँग पछिल्लो समयमा जारी सीमा विवाद तथा आफ्ना सेना मारिएको विषयमा छलफल गर्न शुक्रबार सो बैठक बोलाएका हुन् । 

मोदीले बोलाएको सो बैठक केही बेरमा  (शुक्रबार अपराह्न ५ बजे) भर्चुवल रुपमा बस्दै छ ।

बैठकमा भारतका प्रमुख राजनीतिक २० दलको सहभागिता रहने बताइएको छ । 

बैठक भारत र चीनबीचको लद्दाखस्थित ग्वालन भ्यालीमा यही जुन १५ को राति भारत र चीनका सीमा सुरक्षा सैनिकबीच झडपकेन्द्रित हुने बताइएको छ । 

सो झडपमा भारतका कम्तीमा पनि २० जना सैनिकको ज्यान गएको भारतले जनाएको छ । 

यो घटनालगत्तै चीन–भारत सिमा विवाद दिनप्रतिदिन बढ्दै गइरहेको छ । 

भारत–चीनको सीमा क्षेत्रमा भएको हिंसाको विषयलाई लिएर संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले पनि चासो व्यक्त गरेका छन् । 


कस्तो लाग्यो ?

यो पनि