मंसिर ०७, २०८१, शुक्रबार
               

राहुल गान्धीले जन्मदिन नमनाउनुको यस्तो छ कारण

एजेन्सी
असार ०५, २०७७

ADVERTISEMENT

भारतको प्रमुख विपक्षी दल भारतीय काँग्रेसका नेता राहुल गान्धी शुक्रबार ५० वर्षमा लागेका छन् । तर भारतीय सञ्चारमाध्यमहरुका अनुसार उनले आफ्नो ५० औँ जन्म दिनका अवसरमा कुनै पनि कार्यक्रम नगर्ने भएका छन् ।  

भारत र चीनबीचको सीमा क्षेत्र लद्दाखमा भएको हिंसामा परी भारतका सैनिक मारिएकोप्रति दुःख व्यक्त गर्दै उनले आफ्नो ५०औं जन्मोत्सव नमनाउने भएका हुन् । 

भारत–चीन सीमामा रहेको लद्दाखस्थित ग्वालन भ्यालीलीमा यही जुन १५ को राति भारत र चीनका सीमा सुरक्षा सैनिकबीच झडप भएको थियो । 

झडपमा भारतका कम्तीमा पनि २० जना सैनिकको ज्यान गएको भारतले जनाएको छ ।

त्यस्तै चीनका सैनिक पनि सो हिंसामा परी मारिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको भए पनि यस विषयमा चीनका तर्फबाट भने केही आएको छैन । 

त्यसैले आज परेको उनको जन्मदिनका अवसरमा देशभरका काँग्रेसका कार्यसमिति तथा विभागहरुलाई पनि केक काट्ने या त्यस्तो कुनै पनि कार्यक्रम नगर्न भारतीय काँग्रेसले सूचना नै जारी गरेको छ ।

देशमा दिन प्रतिदिन कोरोनाको महामारीबाट नागरिकको ज्यान गइरहेको तथा उता लद्दाखमा चिनियाँ सेनासँगको झडपमा परेर आफ्ना सैनिक मारिएकोले देशमा महोत्सव गर्ने अवस्था नरहेको राहुलले बताएका छन् ।

यसैबीच, अप्ठेरोमा परेका नागरिकलाई औषधि तथा खानाका प्याकेट बाँडेर उनीहरुलाई सहयोग गर्नु भनी काँग्रेस पार्टीले सूचना जारी गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि