मंसिर ०७, २०८१, शुक्रबार
               

चीनले पक्राउ गरेको १० जना भारतीय सैनिक रिहा

नेपाल फ्ल्यास
असार ०५, २०७७

ADVERTISEMENT

एजेन्सी । लद्दाखको गलवान उपत्यकामा भारतीय र चिनियाँ सैनिकबीच भएको भीडन्तका क्रममा पक्राउ परेका १० जना भारतीय सैनिकलाई चीनले रिहा गरेको छ ।  रिहा हुनेमा लेफ्टिनेन्ट कर्णेल र तीन मेजर रहेका छन् ।

जानकारी अनुसार चिनियाँ पक्षबाट भारतीय सैनिक पक्राउको विषयमा भने भारतीय सरकारले पुष्टि गरेको छैन । गलवान उपत्यकामा दुई देशका सैनिकबीच भएको झडपमा कर्णेलसहित २० भारतीय सैनिकको मृत्यु भएको थियो ।

तर, चीनले भने उक्त घटनामा भएको क्षतिका बारेमा अझै औपचारिक रुपमा केही बोलेको छैन । झडपमा भारतका ७६ सैनिक घाइते भएको पनि बताइएको छ । यो घटनामा हुनुमा दुवै पक्षले एक अर्कालाई आरोप लगाउँदै आएका छन् । – बीबीसी 
 


कस्तो लाग्यो ?

यो पनि