बैशाख २३, २०८१, आइतबार
               

उत्तर कोरियाको नयाँ सैन्य योजनालाई दक्षिणले दियो चेतावनी

नेपाल फ्ल्यास
असार ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । उत्तर कोरियाले आफ्ना सैन्य इकाईलाई माउण्ट कुमगांग र कासोंग औद्योगिक परिसरमा तैनाथ गर्ने निर्णय गरेपछि दक्षिण कोरियाले चेतावनी दिएको छ ।

उक्त क्षेत्र एक डेमिलाटेरियन जोन हो । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनकी बहिनी किम यो जोङले बुधवार विशेष दूत पठाउने दक्षिण कोरियोको प्रश्ताव अस्वीकार गरेकी थिइन् ।

यस माथि दक्षिण कोरियाले उत्तर कोरियाको सैन्य गतिविधि माथि आफूले निगरानी गरिरहेको बताएको छ । दक्षिण कोरियाले भनेको छ कि, यदि उत्तर कोरिया सैन्य कारवाहीको योजनालाई अन्जाम दिन्छ भने त्यसको परिणाम उत्तर कोरियाले अवश्य भोग्ने छ ।

उत्तर कोरियाले दक्षिण कोरियाको सीमामा रहेको संयुक्त औद्योगिक कम्प्लेक्समा बनाइएको सम्पर्क कार्यालय बलमे ध्वस्त गरेको थियो । मंगलवार दक्षिण कोरियाली प्रतिनिधिले भने कि, आफू किम जोङ उनको हर्कतको जवाफ दिनेछौँ ।

दक्षिण कोरियाका उप राष्ट्रिय सुरक्षा सल्लाहकार किम यू जोनले उत्तर कोरियाको यस कारवाहबिाट सबै जनता निराश रहेको बताएका छन् ।

दक्षिण कोरियाली जनता अन्तर कोरियाली सम्बन्धको विकास र शान्तिको आशा राख्ने गरेको बताएका छन् । उनले भने, ‘यस हर्कतका लागि उत्तर कोरिया पुरा जिम्मेवार छ ।’ बितेका केहि हप्तामा उत्तर कोरियाले लगातार आफ्नो छिमेकी देश दक्षिण कोरियामाथि विभिन्न आरोप लगाएको छ ।

के हो तनावको कारण ?

उत्तर कोरियाबाट बिद्रोह गरेर भागेकाहरुलाई दक्षिण कोरियामा शरण मिलेको छ । उत्तर कोरियाबाट भागेर आएका ति मानिसहरुमा सामान्य नागरिक समेत रहेका छन् ।

उनीहरुलाई शरण दिएकोमा किम रुष्ट बनेका छन् ।

यो पनि