बैशाख १६, २०८१, आइतबार
               

चीन-भारतका विदेशमन्त्रीबीच टेलिफोन कुराकानी

नेपाल फ्ल्यास
असार ०३, २०७७

ADVERTISEMENT

चीन र भारतका विदेशमन्त्रीबीच टेलिफोना कुराकानी भएको छ । 

सीमामा दुई देशका सैनिकबीच हिंसात्मक झडप भएको दुई दिनपछि दुई देशका विदेश मन्त्रीले टेलिफोनमा कुराकानी भएको हो । 

बुधबार चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय समकक्षी एस जयशंकरबीच टेलिफोन कुराकानी भएको जनाइएको छ । 

दुई विदेशमन्त्रीबीच सीमामा भइरहेको तनावमा केन्द्रित भई कुराकानी भएको ग्लोबल टाइम्सले लेखेको छ । 

टेलिफोन वार्तामा चिनियाँ विदेश मन्त्री यीले समकक्षी जयशंकरलाई सोमबारको घटनामा अनुसन्धान गर्न, त्यसका जिम्मेवारहरूलाई कारबाही गर्न र उक्त क्षेत्रमा चिनियाँ सैनिकलाई उत्तेजित पार्ने गतिविधि रोक्न आह्वान गरेको टाइम्स ग्लोबलले लेखेको छ । 

यो पनि