जेठ ०६, २०८१, आइतबार
               

भारतको दाबीः चिनियाँ कमान्डिङ अधिकारीसहित ४० भन्दा बढीको मृत्यु

नेपाल फ्ल्यास
असार ०३, २०७७

ADVERTISEMENT

चिनियाँ र भारतीय सैनिकबीच लद्दाखको गालवान घाटीमा भएको झडपमा चिनियाँ युनिटका कमान्डिङ अधिकारीसहित ४० भन्दा बढी सैनिक मारिएको भारतीय समाचार माध्यमले दाबी गरेको छ ।

यद्यपि, चीनले यस घटनाबारे केही जानकारी दिएको छैन ।

यता भारतमा भने २० जनाको मृत्यु भएको र १ सय ३५ घाइतेमध्ये चार जवानको स्थिती चिन्ताजनक भएको बताइएको छ ।

दुई परमाणु शक्ति सम्पन्न देशबीच लद्दाखस्थित १४ हजार फिट अग्लो गालवन भ्यालीमा तीन घण्टासम्म हमला भएको बताइएको छ । 

उक्त हमलामा ढुङ्गा, लठ्ठी र धारिलो हतियार प्रयोग गरिएको थियो । 

यसअघि गालवन भ्यालीमा सन् १९६२ को युद्धमा ३३ भारतीयको ज्यान गएको थियो ।


कस्तो लाग्यो ?

यो पनि